काठमाडौँ । नेपाल बङ्गलादेश बैंक कलकत्ता शाखाले कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका वडा न.०९ स्थित श्री त्रिभुवन मा.वि. विद्यालय हाताभित्र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साइकल स्ट्यान्ड निर्माण गरी विद्यालयका प्र.अ. हरिश प्रसाद ओझालाई हस्तान्तरण गरेको छ । विद्यालयका प्र.अ. हरिश प्रसाद ओझाले बैंकलाई धन्यवाद दिँदैआगामी दिनहरुमा बैंकसँग सहकार्य गरी विद्यार्थीहरुका लागि वित्तिय साक्षरता कार्यक्रम सञ्चाालन गर्ने बताए । उक्त कार्यक्रममा विद्यालयका सहायक प्र.अ. रामदत्त भट्टले बैँकले ग्रामीण क्षेत्रमा आफ्नो शाखा सञ्चालन गरी यस ठाउँका जनतालाई सरल र सहज ढङ्गबाट सेवा दिँदै सामाजिक कार्यमा हातेमालो गरेकोमा धन्यवाद दिँदै बैंकको प्रगतिको शुभकामना दिए ।
यसअघि पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेलौरी नगरपालिका वडा न.८मा रहेको श्री जनज्योति मा.वि.का विद्यार्थीहरुलाई झोला वितरण गरेको थियो भने बेलौरी नगरपालिका वडा न.०८ मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । हाल बैंकले १०० शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८७ वटा ATM बाट बैंकिङ सुविधा दिँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्