काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार बृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्य निक्षेप संकलन बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार बृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ । गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले बृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
२७ बाणिज्य बैंकहरुमध्य २१ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने ६ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्धिदर ७.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको बृद्धि भएको देखिन्छ । नेपाल अधिराज्यभर २१७ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।
विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्