×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैकद्वारा सर्लाहीका किसानहरुलाई वित्तीय साक्षरता तालिम प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएमबि बैकद्वारा सर्लाहीका किसानहरुलाई वित्तीय साक्षरता तालिम प्रदान

Artha Sarokar

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सर्लाही । एनएमबि बैंकद्धारा लालबन्दी (सर्लाही) का तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसँग अन्तरकृया समेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दी शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए। सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका करिव १,५०० किसानहरु प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन् । यस क्षेत्रमा उत्पादित तरकारीहरु नेपालका काठमाण्डौ, पोखरा, बिराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरुमा पठाईने गरिन्छ ।

यस कार्यक्रमले यहाँका किसानहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी