×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र भाटभटेनीबीच सम्झौता, धनगढीका ग्राहकहरुले १०% वा ५०० सम्म क्यासब्याक पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएमबि बैंक र भाटभटेनीबीच सम्झौता, धनगढीका ग्राहकहरुले १०% वा ५०० सम्म क्यासब्याक पाउने

Artha Sarokar

१० असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी। एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी eNMB (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १०% वा रु.५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ । यो योजना २६ जुन, २०२२ देखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुँदैछ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो । यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो ।

एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी