×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक र द क्लिफबीच सम्झौता, बन्जी लगायतका एड्भेन्चर गर्दा १० प्रतिशत छुट

GLOBAL IME BANK

प्रभु बैंक र द क्लिफबीच सम्झौता, बन्जी लगायतका एड्भेन्चर गर्दा १० प्रतिशत छुट

६ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कुश्मा । नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसँग साझेदारी गरेको छ । साझेदारीसँगै प्रभु बैंकका कर्मचारी र प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर गतिविधि गर्दा दस प्रतिशत नगद छुट प्राप्त गर्नेछन् । प्रभु बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत भुक्तानी गरि छुट प्राप्त गर्न सकिने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए ।

ग्राहकलाई छुट दिने साझेदारीमा प्रभु बैंकको मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति सेरचन र द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।आफ्ना ग्राहकलाई मुलुककै ट्रेन्डिङ एड्भेन्चर हबमा छुट दिलाउन पाउँदा खुसी लागेको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए । द क्लिफको रिसोर्ट तथा एड्भेन्चर परियोजना निर्माणको समयमा समेत प्रभु बैंकले ऋण लगानी गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: