काठमाडौँ। प्रभु बैंक लिमिटेड र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. का बीच प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई मोको डिजिटल वालेट मार्फत विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा मिति २०७९/०३/१२ मा आयोजित एक समारोहमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
प्रभु बैंक लिमिटेड र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. बीच मिति २०७९/०३/१२ मा सम्पन्न उक्त सम्झौता बमोजिम भिषा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने प्रभु बैंक लि. का ग्राहकहरुले फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. द्धारा प्रबर्धित मोको डिजिटल वालेटमा नेपाल ईलेक्टोनिक पेमेन्ट सिस्टम (नेप्स) को सहकार्यमा आफ्नो भिषा डेबिट तथा क्रेडिट कार्ड लिङ्क गरी उक्त भिषा डेबिट तथा क्रेडिट कार्डबाट युटिलिटी विल तिर्न, वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी गर्न, हवाई टिकट खरिद गर्न तथा मोवाईल टपअप लगायतका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरु सजिलै उपभोग गर्न सक्ने भएका छन् । साथै, कार्डमा आधारित Scan to Pay/QR Code को माध्यम बाट पनि भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
मोको डिजिटल वालेट मात्र हुने बैंकिङ कारोबार सरल सुरक्षित र भरपर्दो मानिएको छ । प्रभु बैंक लि. र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. बीच सम्पन्न उक्त सम्झौता पश्चात् नेपालको बैंकिङ क्षेत्रमा विद्युतीय माध्यम माफर्त हुने भुक्तानीको दायरा फराकिलो हुने र प्रभु बैंकका भिषा कार्डबाहक ग्राहकहरुले यो सुविधा उपभोग गरी अधिकतम् लाभ लिनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्