×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र सुविधाजनक बनाउन, सानिमा बैंकले ल्यायो ग्रीन पिन

GLOBAL IME BANK

डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र सुविधाजनक बनाउन, सानिमा बैंकले ल्यायो ग्रीन पिन

२७ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नु पर्ने छ ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो । सानिमा बैंकका देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा ए. टि. एम् संचालनमा रहेका छन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: