बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढंगबाट पुरा गर्ने उद्देश्यले वेबसाइट मार्फत विभिन्न बैंकिङ सेवाहरुको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ । आधुनिक बैंकिङलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै खाता खोल्न, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको लागि निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको जनाएको छ ।
बैंकको वेबसाइटमा गई ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क दर्ता/नविकरण/पासवर्ड रिसेट, मेरो शेयरको दर्ता/नविकरण/ पासवर्ड रिसेट, सिआरएन नम्बर दर्ता तथा जानकारी, क्यूआर कोडको दर्ता/पासवर्ड रिसेट, डेबिट कार्डको दर्ता जस्ता सेवाहरु घरैबाट प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । यससँगै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरि निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र ७ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै बिभिन्न स्थानहरुमा थप १० वटा एटीएम सुचारु गर्ने प्रक्रियमा रहेको जानकारी गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्