×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा बैंकले ल्यायो ‘ग्रीनपिन’, कागजीपिनलाई निरुत्साहित गर्ने र डिजिटल बैंकिङलाई सुरक्षित बनाउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शाइन रेसुङ्गा बैंकले ल्यायो ‘ग्रीनपिन’, कागजीपिनलाई निरुत्साहित गर्ने र डिजिटल बैंकिङलाई सुरक्षित बनाउने उद्देश्य

Artha Sarokar

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। शाइन रेसुङ्गा बैंकले आफ्ना ग्राहकहरुको लागि ग्रीनपिन ल्याएको छ । ग्रीनपिन डेबिट कार्डकालागिबनाइएको कागज विहीन पिन भएको बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्तकोड प्राप्तभएको २४ घण्टा भित्र नजिकैको शाइन रेसुङ्गा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ ।

ग्रीनपिनको मुख्य उद्देश्य कागजीपिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङलाई अझ सजिलो, सुरक्षित र सुविधाजनक बनाउनु रहेको छ । बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखाकार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र ७ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ सेवाप्रदानगर्दै आइरहेको छ र छिट्टै बिभिन्न स्थानहरुमा थप १० वटा एटीएम सुचारु गर्ने प्रक्रियमा रहेको जानकारी गराएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी