×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंक चरिकोट शाखाद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK

सिन्धु विकास बैंक चरिकोट शाखाद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२२ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेड, चरिकोट, दोलखा शाखाद्धारा मिति २०७९ जेष्ठ २० गते शुक्रबारका दिन सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चरिकोटका प्रतिनिधि लगाएत बैंकका उच्च व्यवस्थापनको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा चरिकोट बजार लगायत आसपास क्षेत्रका स्थानिय वासिन्दा तथा विभिन्न बैक बित्तिय संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरु समेत गरी ७६ जनाले रक्तदान गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ ईकाइबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ सेवा, मोवाईल बैकिङ, SCT डेबिट कार्ड,SMS Banking, QR Code, C–ASBA लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी