काठमाडौं । देश व्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सनराइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरुमा बैंकिङ सेवा सुबिधाको बारेमा जनचेतना कम रहेको हालको परिप्रेक्षमा बैंकिङ सेवा सुबिधाको प्रयोगले कसरी जीवनस्तर विकास गर्न सकिन्छ, बचतको महत्व, कर्जाको सदुपयोगिता, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङको प्रयोगले गर्न सकिने समयको बचत, डिजिटल बैंकिङमा कसरी सुरक्षित रहन सकिन्छ लगाएतका विषयहरुलाई समेटेर देश व्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनवल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी,महेन्द्रनगर र डडेलधुरामा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । केही समय अघि मात्रै पनि बैंकले प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा साक्षरता कार्यक्रम गरी सकेको छ । यस अभियान अन्तर्गत बैंकले यसै वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्