×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुपर लघुवित्तमा २३ करोड घोटाला, कामु सिइओसहित ३ कर्मचारी पक्राउ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

सुपर लघुवित्तमा २३ करोड घोटाला, कामु सिइओसहित ३ कर्मचारी पक्राउ !

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्थाका कायम मुकायम सीईओ सहिति ३ जना प्रक्राउ परेका छन् । दाङमा रहेको सुपर लघुवित्तमा २३ करोड अनियमिता भएको घटनामा कायम मुकायम सीईओ सहिति ३ जना प्रक्राउ परेका हुन् । प्रक्राउ पर्नेमा कामु सीईओ बुद्धिराम चौधरी, तुल्सीपुर शाखामा कार्यरत सन्जिव चौधरी र बिजौरी शाखाका प्रमुख यशोदा थापा रहेका छन् ।

एसपी काफ्लेका अनुसार प्रक्राउ परेका व्यक्तिहरुको विषयमा थप अनुसन्धान भइरहेको छ । संस्थाको रकम अनियमितता गरेको आरोपमा ८÷१० जनाका विरुद्धमा मुद्दा परेको प्रहरीले जनाएको छ । अन्य व्यक्तिको खोजी कार्य जारी भईरहेको प्रहरीले जनाएको छ ।

लघुवित्तमा अध्यक्ष किरण चौधरीको प्रत्यक्ष संलग्नतामा रकम हिनामिना भएको उजुरी परेको थियो । सो उजुरीपछि राष्ट्र बैंकको सुपरीवेक्षण विभागले अनुसन्धान गरेको थियो । संस्थाको कुल ७२ करोड रुपैयाँ ऋणमध्ये आधाभन्दा बढी फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी गरिएको राष्ट्र बैंकको अनुसन्धानले देखाएको थियो ।

संस्थामा अनियमितताको सूचना भएपछि राष्ट्र बैंकको टोलिले निरीक्षण समेत गरेको थियो । यस संस्थामा प्रभु बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त लगायतले ऋण लगानी गरेका छन् । यो संस्थालाई प्रभु बैंकले मात्रै २५ करोड रुपैयाँ भन्दा बढी ऋण दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: