×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एस वाई प्यानल नेपाल लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

GLOBAL IME BANK

एस वाई प्यानल नेपाल लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

१३ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७९ असार १२ गते आइतबार सम्पन्न भएको छ । सम्झौतामा एस वाई प्यानल नेपाल लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध संचालक  Choi Dongil र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

मिति २०७४/०३/२० गते स्थापना भएको एस.वाई. प्यानल नेपाल लिमिटेड कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एस.वाइ. कम्पनी लिमिटेड कोरियाको लगानी भएको कम्पनी हो । यसको प्रधान कार्यालय काठमाडौंै तीनकुनेमा रहेको छ । कम्पनीले चितवन जिल्लाको रत्ननगर न.पा, वडा नं. १४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु जस्तै स्याण्डबीच प्यानेल अन्तरगत FR3 Fire रेटिङ्ग भएको  EPS प्यानल,  UPVC को झ्याल तथा ढोका, स्टिल ढोका,ABC ढोका, कोल्ड स्टोर तथा ह्याचरी बनाउँदा आवश्यक पर्ने पफ प्यानल र कोल्डस्टोरमा आवश्यक हुने स्टिल पफ ढोका तथा प्रिफ्याब घरलाई पूर्णरुपमा दिन आवश्यक पर्ने अन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

कम्पनीको हाल नेपाल अधिराज्य भरी ७५ वटा डिलरहरु संचालनमा रहेका छन भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५००० वर्ग मिटर प्रतिदिन रहेको छ । पछिल्लो समयमा यस कम्पनीको उत्पादन प्रयोग गरेर देशभरका विभिन्न ठाउँमा १० वटा भन्दा बढी हाइड्रोपावर प्रोजेक्ट साइट, कर्मचारी भवन, आर्मी क्याम्प, विभिन्न पालिकाका भवनहरु र सरकारी तथा गैर सरकारी भवनहरुका साथै हजारौँ घरहरु, फ्याक्ट्री तथा चिस्यान केन्द्रहरु निर्माण भइसकेको जानकारी सम्झौताका बखतमा कम्पनीका प्रबन्ध सञ्चालकले जानकारी दिए ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: