काठमाडौँ । नयाँ आर्थिक वर्षको सुरुवाती ६ दिनमै वाणिज्य बैंकहरुबाट ६३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार नयाँ आर्थिक वर्ष लागेदेखि बैंकहरुमा निक्षेप संकलन लगातार घट्दै गएको छ । एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन ६ गतेसम्म आउँदा ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ ।
त्यस्तै सो ६ दिनको अवधिमा कर्जा रकम पनि घटेको छ । बैंकहरुको कर्जा रकम १० अर्बले घटेको छ । असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा साउन ६ गतेसम्म आउँदा ४१ खर्ब ६५ अर्बमा झरेको छ । एक वर्षको समग्र अवधिमा निक्षेप ३ खर्ब ४० अर्ब थपिएको छ । २०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब कायम भएको थियो । २०७८ असार मसान्तदेखि ०७९ असार मसान्तसम्मको अवधिमा कर्जा ३७ खर्ब २१ अर्बबाट बढेर ४१ खर्ब ७५ अर्ब पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्