काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र थेयाङ हान्गुल ईन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंकले आफ्नो कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था ‘थेयाङ हान्गुल ईन्स्टिच्युट’ मा भाषा कक्षा शुल्कमा २५% छुट उपलब्ध गराउने भएको हो ।
यस छुट सम्झौता पश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुपति प्रणाली (EPS) अन्तर्गत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुक ग्राहकहरुले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाईल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानी गरेमा २५% छुट पाउने बैंकले जनाएको छ।
नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारी अनुरुप रोजगार अनुमती प्रणाली अन्तर्गत वार्षिक ९ हाजर भन्दा बढि नेपाली नागरिकहरु कोरियन भाषा उत्तिर्ण गरि कामदारका रुपमा गणतन्त्र कोरिया गईरहेका छन् ।
थेयाङ हान्गुल ईन्स्टिच्युटले ललितपुरको ग्वार्कोबाट कोरियन भाषा पढि गणतन्त्र कोरिया जान इच्छुक ग्राहकहरुलाई दक्ष तथा कोरियन भाषा विज्ञहरुबाट कक्षा संचालन गर्दै आईरहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्