×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिजबजारको भेनडर मिट कार्यक्रम सफलताका साथ सम्पन्न

GLOBAL IME BANK
SHREE KESH

बिजबजारको भेनडर मिट कार्यक्रम सफलताका साथ सम्पन्न

११ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ई-कमर्स प्लेटफर्म बिजबजारको भेनडर मिट कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । बिजबजार व्यवस्थित, डिजिटल-मैत्री ई-कमर्स प्लेटफर्म हो जसले लाखौँ व्यवसायीहरूलाई सिर्जना गर्न र आफ्ना ग्राहकहरूसँग अनलाइन मार्फत सरल, सुरक्षित एवम् भरपर्दो तवरले कारोबार गर्न नवीन विचारहरूको साथ सहयोग गर्ने लक्ष्य राखेको बताएको छ।

यसै क्रममा बिजबजारले यही श्रावण ४ गते बुधवारका दिन त्रिपुरेश्वर स्थित वगेनभिल्ला इभेन्ट्समा भेन्डर मिट कार्यक्रम आयोजना गरेको थियो । साँझ पाँच बजे देखी सुरु भएको सो कार्यक्रममा बिजबजारका आगामी योजना तथा नेपालमा इकमर्सको आवश्यकता, चुनौती तथा अवसरहरूका बारे विस्तृत छलफल भएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रममा विभिन्न विधाका करिब २०० जना बिक्रेताहरूको सक्रिय सहभागिता रहेको थियो ।

समग्र कम्पनी समूहका अध्यक्ष राम चन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले अहिले सम्मको बिजबजारको व्यापारिक अनुभव तथा कम्पनीका आगामी योजनाहरू बिक्रेताहरू माझ राख्दै बिक्रेताहरू र ई-कमर्स प्लेटफर्म बिचको सम्बन्ध तथा सहकार्यको महत्त्व र त्यसबाट समग्र अर्थतन्त्रलाई पुग्न सक्ने टेवाका बारेमा जानकारी दिँदै नेपालले कल्पना गरेको डिजिटाइजेसन् हासिल गर्न ई-कमर्स प्लेटफर्म र बिक्रेता बिचको समन्वयन अपरिहार्य हुने कुरा बताएका थिए।

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश गौतमले ई-कमर्स र ग्राहक बिचको सम्बन्धका बारेमा विस्तृत प्रस्तुति दिँदै ई-कमर्स प्लेटफर्म प्रति विभिन्न वर्गका ग्राहकहरूको मनोविज्ञान र व्यवहारका बारेमा प्रकाश परेका थिए । बिजबजारले प्रत्येक विक्रेता, व्यवसायी तथा उद्यमीहरूको छरिएका प्रत्येक व्यवसाय र सेवाहरूलाई एउटै प्लेटफर्ममा एकीकृत गरी आफ्नो पहुँच र उद्देश्यहरू विस्तार गर्दै डिजिटल र स्वतन्त्र रूपमा काम गर्न आवश्यक साथ, सहयोग र सेवाहरू प्रदान गर्दै आएको र यस्ता सेवाहरू समयसापेक्ष रूपमा अद्यावधिक गर्दै थप विशेषताहरू सहित अगाडि बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए।

कार्यक्रमका सहभागीले बिजबजारले बिक्रेतालाई प्रदान गरेको मार्केट प्लेस तथा सेवाहरूले आफ्नो व्यापारका लागि थप अवसर प्रदान गरेको जसले व्यापार विस्तारमा उल्लेख्य योगदान पुर्‍याउने जनाएका थिए। साथै ६० जिल्लामा आफ्नो सञ्जाल फैलाएको बिजबजारसँग सहकार्य गर्दा स्वतः आफ्नो व्यापारको दायरा पनि बढ्ने कुरामा विश्वस्त भएको जानकारी दिएका थिए । साथै कम्पनीका भावी योजनाका बारेमा पनि रुवरु भएको सहभागी बिक्रेताहरूले बताएका थिए ।

आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी बिजबजार लिमिटेडलाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको हो । अनलाइन सपिङको प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर बिजबजारले प्रदान गर्ने सेवाहरूमा अनुसन्धान तथा सुधारात्मक कार्य गर्दै आइरहेका कम्पनीले जनाएको छ ।

सो ई-कमर्स प्लेटफर्मबाट प्रयोगकर्ताहरूले अनलाइन सपिङ्गको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नेछन् भने बिजबजार प्रयोगकर्ताहरूका लागि अझ सहज, सुविधायुक्त र थप सेवाग्राहीमैत्री बनाउन समयसापेक्ष रूपमा अद्यावधिक गर्दै थप विशेषताहरू सहित सेवाग्राहीहरू समक्ष प्रस्तुत गर्दै जाने कम्पनीको प्रतिबद्धता रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: