काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र (CCBD88 ) को सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको २२,००,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९/०३/१५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिएको छ ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।