×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच सम्झौता, क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न सकिने

GLOBAL IME BANK
SHREE KESH

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच सम्झौता, क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न सकिने

२९ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ । मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।

क्रेडिट कार्डवाहकहरुले समेत क्यूआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुनेछ । उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत  शंकर केसीले  हस्ताक्षर हुन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: