×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा संचालनमा

GLOBAL IME BANK
SHREE KESH

काठमाडौँ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा संचालनमा

१२ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८ औं, १७९ औं तथा १८० औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडौँको धुम्बराही र ललितपुरको थसिखेल गरी ३ वटा शाखाहरु संचालनमा ल्याएको हो। यससंगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेको कम्पनीले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरेका छन् । सुविधा सम्पन्न यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिइएको बैंकले जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले जनाएको छ ।

बैंकले आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैमासिक सम्ममा रु. २ अर्व २५ करोड खुद नाफा गर्न सफल भएको दाबी गरेको छ । यसै अवधिमा रु. १ खर्ब ५५ अर्ब निक्षेप संकलन गरि रु १ खर्ब ३६ अर्ब कर्जा प्रवाह गरेको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सीमा भित्रै कायम गरेको बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३१ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: