×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता, विभिन्न सेवामा २० प्रतिशत छुट

GLOBAL IME BANK
SHREE KESH

सिटिजन्स बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता, विभिन्न सेवामा २० प्रतिशत छुट

१३ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. मा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले श्री तिनाउ हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । यसका साथै हस्पिटलबाट फिजियकोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको जनाएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क (Kiosk), ई.के.वाई.सी. (E-KYC) तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको बताएको छ ।

साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्धेश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा [email protected] मा ईमेल गरी प्राप्त गर्न सक्नेछन्।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको दाबी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: