Skip to content
LAXMI SUNRISE BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६औं बार्षिकोत्सव मनायो, ग्राहकहरुको जीवनमा अझै सहजता प्रदान गर्ने प्रतिबद्वता

अर्थ सरोकार

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १५ वसन्त पार गरी १६ औं बर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धी को उत्सव” भन्ने मुल नाराका साथ १६औं बार्षिकोत्सवको अवसरमा १६ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिनुहुने श्रद्घेय ग्राहकहरु, शुभचिन्तक, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहकहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता पनि गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK