×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर संचालन

Artha Sarokar

११ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्धघाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरेकी थिइन् ।

‘एक्सटेन्सन काउन्टरको उद्धघाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन्।’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको दाबी गरेको छ । साथै बैंकको हालसम्म ९९ एटिएम रहेका छन् भने बैंकले गत आसर मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको बताएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी