×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खोटाङका एमाले नेता भन्छन्- ‘एम. अधिकारी भनेको महाप्रसाद अधिकारी नै हो, राष्ट्र बैंकको कानुन थाहा नहुँदा गल्ती भयो…’

PRIME CA
GLOBAL IME BANK

खोटाङका एमाले नेता भन्छन्- ‘एम. अधिकारी भनेको महाप्रसाद अधिकारी नै हो, राष्ट्र बैंकको कानुन थाहा नहुँदा गल्ती भयो…’

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेकपा एमालेको आर्थिक तथा योजना विभाग सदस्यमा एम. अधिकारी (खोटाङ) नाम समेटिएपछि यस विषयले अहिले ठुलै चर्चा पाईरहेको छ । सामाजिक संजालमा एम अधिकारी भनेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएकाले उनले तत्काल राजिनामा दिनुपर्छ भन्ने आवाज उठिरहेको छ । यद्यपी सो विभागका प्रमुख घनश्याम भुसाल र स्वयम् महाप्रसाद अधिकारीले सो ‘एम अधिकारी’ महाप्रसाद अधिकारी नभएको बताईरहेका छन् । तर खोटाङकै एक एमाले नेताले भने खोटाङमा एम अधिकारी नामको कोहि पनि नेता नभएको स्पष्ट पारेका छन् ।

‘खोटाङमा एम अधिकारी नाम गेरको कोहि पनि छैन । त्यहाँ उल्लेख भएको नामको अर्थ महाप्रसाद अधिकारी नै हो । तर नाम राख्नेलाई राष्ट्र बैंकको नियम कानुन थाहा भएनछ भन्ने बुझ्नुपर्यो ।’ खोटाङका एक एमाले नेताले भने- ‘गल्ती भयो, हामी सच्याउँछौँ भनेर माथिबाट कुरा आएको छ ।’

पार्टीमा अफ्ट्यारो हुने भन्दै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती नेताले यसमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कुनै पनि गल्ती नभएकोसमेत दाबी गरेका छन् । ‘पार्टीले नै गल्ती गरेको हो । यसमा गभर्नरज्यूको कुनै पनि गल्ती छैन ।’ उनले भने ।

यता यस विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर सिए. महाप्रसाद अधिकारीले आफू कुनै राजनीतिक पार्टीमा नरहेको स्पष्ट पारेका छन् । ‘यसरि कोहि बस्छ ? वास्तवमा म कुनै पार्टी राजनीतिमा छैन। ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘कोहि भएपनि यस्तो गहन जिम्मेवारीमा रहेर त्यस्तो कुरा मान्छ र ?’
यता, नेकपा एमालेका अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले विभागमा नाम रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेका छन् । उनले एम अधिकारी नाम गरेका व्यक्ति एमालेका कार्यकर्ता एवम् अर्थका ज्ञाता भएको दाबी गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: