Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकद्वारा काठमाडौं र स्याङ्गजामा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

अर्थ सरोकार

काठमाडौं।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आईरहेको यस विकास बैंकले काठमाडौंको माछापोखरी शाखाको समन्वयमा का.म.न.पा. १६, बसन्तनगर, तारकेश्वर धाममा क्रियापुत्री घर/कम्पाउण्डमा आवश्यक १०० लिटरको १० थान र ३२ लिटरको २० थान गरि जम्मा ३० थान डस्बीन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै, स्याङ्गजाको वालिङ्ग शाखाको समन्वयमा वालिङ्ग वहुमुुखी क्याम्पसलाई यस विकास बैंकका पूर्व अध्यक्ष श्री दिलिप प्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK