×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी इस्पेसालिटी क्लिनिकबिच सम्झौता, ग्राहकहरुलाई आकर्षक छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी इस्पेसालिटी क्लिनिकबिच सम्झौता, ग्राहकहरुलाई आकर्षक छुट

Artha Sarokar

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Galaxy Specialty Clinic Pvt. Ltd. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र Galaxy Specialty Clinic का प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका थिए।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई Galaxy Specialty Clinic महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः X-ray, USG, ECG, ECHO लगायतका सेवाहरुमा १०% सम्म र OPD सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले Galaxy Specialty Clinic सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी