×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीको आइपिओ निष्कासनमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त 

GLOBAL IME BANK
SHREE KESH

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीको आइपिओ निष्कासनमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त 

२९ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणहरुमा सेयर निष्कासन गर्नका लागि मिति २०७९/३/२७ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । नेपालमा च्याउ खेतीको शुरुवात भएको लामो समयावधि व्यतित भई सकेको भएता पनि आद्युनिक च्याउ खेतीको विकास र विविध चरणमा च्याउ उद्योगले प्रयास गरिएको भएता पनि सफल हुन नसकिएको अवस्थामा इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलो पटक आद्युनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको छ ।

इन्द्रेणी मसरुम फार्मको उद्देश्य अनुसार नेपालमा गुणस्तरिय च्याउ उत्पादन गर्ने योजना बनाई उक्त कम्पनीले स्थापनादेखि द्रुत गतिमा आफ्नो क्षमता वृद्धि गर्दै आईरहेको छ । कम्पनीले आद्युनिक च्याउ फार्म शुरु भएको केही समयमै ऐतिहासिक रुपमा नयां प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको छ र हाल दैनिक रुपमा च्याउ उत्पादन गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: