×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको केएस डिजी वोल्ड सार्वजनिक, डिजिटल बैकिङ सेवा प्रदान गर्ने उद्धश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कामना सेवा विकास बैंकको केएस डिजी वोल्ड सार्वजनिक, डिजिटल बैकिङ सेवा प्रदान गर्ने उद्धश्य

Artha Sarokar

२३ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल (KS Digi World) सार्वजनिक गरेको छ । बैंकले मिति २०७९ साल आषाढ २२ गते मङ्गलबारका दिन KS Digi World सार्वजनिक गरी सेवा संचालनमा ल्याएको छ ।

यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरमै बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् । KS Digi world मा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी