×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सफलतापूर्वक सम्पन्न

GLOBAL IME BANK
SHREE KESH

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सफलतापूर्वक सम्पन्न

१० श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । खल्तीको ५२ दिनको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सफलतापूर्वक सम्पन्न भएको छ । आफ्ना प्रयोगकर्ताहरूका लागि २०७९ जेठ १२ गतेदेखि असार ३२ गतेसम्म आयोजना गरेको जात्रामा ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी संख्यामा कारोबार गरेका छन् ।

डिजिटल भुक्तानी प्रति ग्राहकहरुलाई आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताकालागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको कम्पनीले बताएको छ । यहि शैलीलाई जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आयोजना गरेको थियो।

‘यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यस्ब्याक तथा थुप्रै उपहारकाको फाइदा लिएका थिए र हरेक दिन १ बजे देखि सुरु हुने फायरसेल अन्तर्गत २ लाख भन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५०५ सम्म क्यास्ब्याक प्रदान गरिएको थियो। ‘ खल्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेका ३  वटा ‘बजाज पल्सर एनएस १६० एबिएस’ तिन भाग्यशाली बिजेताले लकि ड्र मार्फत प्राप्त गरेको कम्पनीले जनाएको छ ।

साथै, अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिक को ४३ इन्चको स्मार्ट टि.भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू. १ मा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गरेको कम्पनीले बताएको हो । खल्तिले बिजेता छनौट प्रकृयालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभ मार्फत बिजेता घोषणा गर्ने गरेको समेत बताएको छ ।

सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काको उपस्थिति मा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागीता जनाउने सबै प्रति कृतज्ञता प्रदान गर्दै सम्पन्न भएको र आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तिले थुप्रै रोमान्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्ता माझ ल्याउने प्रतिवद्धता जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: