काठमाडौँ । नेकपा एमालेको आर्थिक तथा योजना विभाग सदस्यमा एम. अधिकारी (खोटाङ) नाम समेटिएपछि यस विषयले अहिले ठुलै चर्चा पाईरहेको छ । एम अधिकारी भनेकै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको र कानुनले कुनै राजनीतिक पार्टीको सदस्य गभर्नर हुन नपाउने व्यवस्था राखेकाले सामाजिक संजालमा यो विषयले ठुलै चर्चा पाईरहेको छ । यसैबीच एमाले खोटाङको रेकर्डमा समेत एम अधिकारी नामका कोहि पनि पार्टी सदस्य नरहेको खुलासा भएको छ । ‘एम अधिकारी नाम गरेका कोहि पनि पार्टी सदस्य छैनन् ।’ एमाले खोटाङका एक नेताले अर्थ सरोकारसँग भने, ‘हामी स्वयम् अचम्ममा परिरहेका छौं ।’
यता खोटाङका केहि एमाले कार्यकर्ताहरुले नक्कली एम अधिकारीको खोजी भईरहेको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै ती कार्यकर्ताले खोटाङमा एम अधिकारी नाम गरेका कोहि पनि अर्थका ज्ञाता नभएको र नक्कली एम अधिकारीको खोजी भईरहेको बताएका छन् । ‘यो विषयले यति हङ्गामा गर्छ भन्ने थिएन । अव अधिकारी थर गरेका, आर्थिक विज्ञ, त्यो पनि एमालेको सक्रिय सदस्य खोज्नुपर्ने स्थिति छ । पार्टीबाट पनि त्यहि निर्देशन आएको छ। ‘
पार्टीमा अफ्ट्यारो हुने भन्दै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती नेताले यसमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कुनै पनि गल्ती नभएकोसमेत दाबी गरेका छन् । ‘पार्टीले नै गल्ती गरेको हो । यसमा गभर्नरज्यूको कुनै पनि गल्ती छैन ।’ उनले भने ।यता यस विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर सिए. महाप्रसाद अधिकारीले आफू कुनै राजनीतिक पार्टीमा नरहेको स्पष्ट पारेका छन् । ‘यसरि कोहि बस्छ ? वास्तवमा म कुनै पार्टी राजनीतिमा छैन। ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘कोहि भएपनि यस्तो गहन जिम्मेवारीमा रहेर त्यस्तो कुरा मान्छ र ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्