काठमाडौं । कुमारी बैंक लिमिटेडले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाहरुको घोषणा गरेको छ । सो योजनामा ईच्छुक व्यक्ति तथा संघसंस्थाहरु समावेश हुन सक्ने छन् । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्था तर्फ लक्षित छन् । सो निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरुले तोकिएको अवधि समाप्ती पछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल (नियमानुसार लाग्ने करकट्टी पश्चात्) प्राप्त गर्न सक्ने छन् ।
व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्ने हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएको अवरोधको स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ ।
नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै व्यक्तिगत एवं संस्थागत मुद्धतीमा उच्चतम व्याजदर दिने मध्येमा यी योजनाहरु पर्दछन् । वर्तमान वित्तीय बजारमा उच्चतम प्रतिफल सहितको सो योजनामा समावेश हुने संघसंस्थाहरुले आगामी दशककै उत्कृष्ट प्रतिफल प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ । आफ्ना १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४५ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न आफ्नो डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्