Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंक र एनसेलबीच सम्झौता, बैंकको मोबाइल बैंकिङ एप निःशुल्क प्रयोग गर्न सकिने

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटा बीच नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौता भएको छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौँमा मंगलबार आयोजित एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुशार नेपाल बैंकमा खाता भएका ग्राहकहरुले एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुने जनाएको छ । नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुबिधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन । डिजिटल बैकिङलाई प्रवर्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एनसेलसँग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई यस बैंकको मोवाइल बैकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुशि व्यक्त गरेको थिए भने आगामी दिनहरुमा एनसेल एक्सीयाटासँगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि उनले व्यक्त गरेका थिए । त्यसैगरी एनसेल एक्सीयाटाका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले नेपाल बैंकसँग व्यवसायीक साझेदारी गर्न पाउदा आफू निकै हर्षित भएको बिचार समेत व्यक्त गरेका थिए ।

नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ। बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य भर बैंकिङ सेवा प्रदान गरिरहेको दाबी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK