Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको डबल धमाका मुद्दती खाता संचालनमा, ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा रकम हुने

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खाता संचालनमा ल्याएको छ । यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ ।

त्यसैगरी रेमिट्यान्स बाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ बर्ष ११ महिना २ दिनमा दुईगुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

नेपालभर २१९ शाखाहरु, १८३  एटिएम साथै ४७ वटा एक्सटेन्सन काउनटर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यस नेपाल बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको दाबी गरेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ र दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएको बैंकले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK