Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रम संचालन

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिकहरुको लागि विद्मुतीय माध्यमद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा संचालन गरेको छ ।

माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी भन्ने मूल उद्देशयको साथ यस क्यापिटलले २०७९, असार १७ गते यो सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वेदश तथा विदेशमा रहेका पदाधिकारीहरुको साझेदारीमा त्यँहा उपस्थित सहभागिहरुको विभिन्न जिज्ञासाहरु सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरेका थिए।

उक्त कार्यक्रम मार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र बोक्रर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्ने बारे पनि जानकारी गराएको छ । साथै उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत प्राप्त गरियो र भविष्यमा समेत यस्ता सचेतनामूलक कार्यक्रम संचालन गरिने यस क्यापिटलले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK