×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यास्टिभल अफर’ संचालनमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यास्टिभल अफर’ संचालनमा

Artha Sarokar

११ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली पूँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको मर्चेन्ट कम्पनी प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल क्यास्टिभल अफर’ संचालनमा ल्याएको छ । प्रभु क्यापिटलले आफ्नो ग्राहकहरुका लागि यही साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु  क्यापिटल क्यस्तीभल अफर’ ल्याएको बताएको छ ।

‘ यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म संचालन हुनेछ । यस क्यास्टिभल अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने ग्राहकले रु. १,००,००० सम्म जित्नसक्ने छन् भने योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गर्नुपर्नेछ र सो एपमा रजिस्टर गरी आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्नेछ ।’ क्यापिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००/-, ३०००/-, २०००/- जित्न सक्नेछन् भने बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले रु १,००,०००/- जित्न सक्ने कम्पनीले बताएको छ । यो योजना हालसम्म एप डाउनलोड गरेका ग्राहकको हकमा समेत लागू कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी