×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको थप ९ वटा एटिएम सेवा सञ्चालनमा, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्य

GLOBAL IME BANK
SHREE KESH

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको थप ९ वटा एटिएम सेवा सञ्चालनमा, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्य

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । रुपन्देहीजिल्लाको मणिग्राम र रुद«पुर, कपिलवस्तु जिल्लाको जीतपुर, प्युठान जिल्लाको विजुवार, कास्की जिल्लाको न्युरोड पोखरा, अर्घाखाँची जिल्लाको सन्धिखर्क, बाँके जिल्लाको नेपालगन्ज, दाङ्ग जिल्लाको घोराही र कैलाली जिल्लाको अत्तरियामा एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरि निःशुल्क रकम झिक्न सक्ने जनाएको छ । बैंकले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो सेयर लगायतका सेवाहरुको व्यवस्था गरेको छ । बैंकले ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: