काठमाडौँ । शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तर्गतको थप २ जनालाई रु १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माण कर्मीहरुका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय तथा आवश्यक प्रक्रिया पुरा गरी उनीहरुको बीमा माग दाबी अनुसार रकम हस्तान्तरण गरिएको हो । यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो ।
यस अघि दैनिक निर्माणकार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढि निर्माण कर्मीहरुको रु. ५ लाख बराबरको जोखिम बीमा सहित निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो । सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरुको घर-घरमा नै गएर शिवम् सिमेन्टका कम्पनी प्रतिनिधीहरुले हस्तान्तरण गरेको जनाएको छ ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुले हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको कम्पनीले जनाएको छ । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुका लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेका थियो । शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरुका निर्माणकर्मीहरुको रु ५ लाख बरबरको जोखिम बीमा गराएको छ ।
शिवम् सिमेन्ट लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको कम्पनीले दाबी गरेको छ । ओपिसि सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्