Skip to content
LAXMI SUNRISE BANK

सिन्धु विकास बैंकको १२औं बार्षिक साधारण सभा सम्पन्न, संचालकहरुमा संजिव प्रधानसहित ३ जना निर्बिरोध निर्वाचित

अर्थ सरोकार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले २०७९ श्रावण ०६ गते शुक्रवार आफ्नो १२औं बार्षिक साधारण सभा मिरावल रिर्सोट एण्ड होटल धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.ब. ०७७/०७८ को बार्षिक प्रतिवेदन लगायत उपयुक्त बैंक तथा वित्तिय संस्थाहरुसंग मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

साथै बैंकको सर्वसाधारण समुहको तर्फबाट आगामी ४ बर्षका लागी संचालकहरुमा संजिव प्रधान, समिर कक्षपति र बसन्त कुमार कटुवाललाई निर्बिरोध निर्वाचित भएका छन् । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनहरुमा बाग्मती प्रदेश कै अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजानका लागी गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्दै बैंकको लक्ष्य प्राप्तीमा लागी आवश्यक रणनीतिहरु लिईने जानकारी गराए ।

साथै उक्त कार्यक्रममा संचालक समितिका सदस्य तथा कर्मचारी संचय कोषका प्रतिनीधि दिनेश कुमार केसीले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए भने सेयरधनीहरुका तर्फबाट नरेश लाल श्रेष्ठ, शम्भु बहादुर तिमिल्सीना, डम्बरु बल्भ घिमिरे लगाएतले आफ्नो मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले सेयरधनीका तर्फबाट उठेका जिज्ञाशाहरुको जवाफ दिनुका साथै बैकको भावी योजना तथा रणनीतिका बारेमा प्रस्ट पारेका थिए । बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २५ शाखा र १ सिमिति बैंकिङ ईकाई गरी कुल २६ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK