×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर, ६०० बढीले लिए स्वास्थ्य सेवा

GLOBAL IME BANK
SHREE KESH

सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर, ६०० बढीले लिए स्वास्थ्य सेवा

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा निशुल्क आँखा चेकजाँच शिविर संचालन गरेको छ । बैंकले अत्तरीया तथा चुरे शाखाको र नेपाल नेत्रज्योतीसंघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निशुल्क आँखा चेकजाँच शिविर गरिएको छ । उक्त एक दिने निशुल्क आँखा चेकजाँच शिविरमा ४०० भन्दा बढीले निशुल्क आँखा चेकजाँच गराएका थिए भने औषधी तथा निशुल्क चस्मा समेत बितरण गरिएको थियो ।

बैंकिङ सेवाका अतिरिक्त सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले सो कार्यक्रम आयोजना गरेको हो । शिविरमा मोतिबिन्दु देखिएका ३० जनालाई निशुल्क शल्यक्रिया समेत गरिने जानकारी दिएको छ । स्थानिय व्यक्तिहरुलाई सेवा दिने उद्देश्यले बैंकले गाउँमै निशुल्क आँखा चेकजाँच कार्यक्रम आयोजना गरिदिएकोमा स्थानियहरुले खुशी हुदै धन्यबाद समेत दिएका थिए ।

यसैगरी बैंकले बिर्तामोड शाखाको आयोजना तथा दृष्टि आखाँ अस्पताल बिर्तामोडको सहकार्यमा अर्जुनधारा नगरपालिका वडा नं. ३ कार्यालय परिसर खुदुनाबारीमा एकदिने निःशुल्क आँखा तथा कान परिक्षण शिविर सम्पन्न गरेको छ । सो शिविरमा समेत सहभागी २८० जनाको निशुल्क आँखा तथा कान परिक्षण गर्नुका साथै चश्मा र औषधी निशुल्क प्रदान गरिएको थियो । उक्त कार्यक्रमा मोतिबिन्दु देखिएका १४ जनालाई निशुल्क शल्यक्रिया समेत गरिने बिर्तामोड शाखाका प्रमुख गणेश कुमार गुरागाईले जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: