काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय रुपमा अघि बढिरहेको सनराइज बैंकले देशव्यापी रुपमा एक पछि अर्को कार्यक्रम गर्दै गइरहेको छ । यसै क्रममा बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैर नाफा मूलक संस्था ‘ विशेष स्कुल तथा पुनस्थापना केन्द्र’ (Special School for Disabled and Rehabilitation Centre) लाई सहयोग गरेको छ ।
मिति २०७९/०३/३० गते आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई रु.एक लाख पचास हजारको चेक हस्तान्तरण गरेकी थिइन्। बैंकले उक्त रकम संस्थाको नयाँ भवन निर्माणको लागि प्रदान गरेको हो । नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ । उक्त कार्यक्रमा अटिजम कुनै रोग नभइ अवस्था भएको र यस अवस्थालाई व्यक्ति र समाजले बुझेर अगाडी बढ्न जरुरी रहेको विषयमा समेत चर्चा भएको थियो ।
पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदैं सनराइज बैंकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ साक्षरता, वातावरण संरक्षण लगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्दैे आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्