काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्स्द्वारा गरिएको हो । नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएको थियो । एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको कम्पनीले दाबी गरेको छ ।
‘यो उल्लेखनीय सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि हुन् । यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ । ‘फास्ट चार्जिङ्ग’ र ‘स्लो चार्जिङ्ग’ दुवैको लागि चर्जिङ्ग स्टेसनको वृहत संजाल एवम् अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको हो ।’ विज्ञप्तिमा भनिएको छ।
यो गाडीलाई नेपालकै पहिलो एवम् स्मार्ट इभी चर्जिङ्ग एप – ‘इजी’ एप-मार्फत चार्ज गर्न सकिन्छ र एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेको कम्पनीले जनाएको छ । दक्ष कर्मचारी एवम् भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ । यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।
नेक्सन इभीको नेपालमा विक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ । यस्ता कार्यक्रमहरुले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्