काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ उनले यस्तो बताएका हुन् ।अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने उनको भनाई छ । उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भन्दै थापाले तत्काल राजिनामा दिनुपर्ने बताएका हुन् ।
‘अहिले अर्थ मन्त्रालयले सिसिटिभि फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ, यत्रो विषय संसदमा उठ्यो, बाहिर उठ्यो, हो, होइन मलाई थाहा छैन,तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ, र तत्काल छानबिन गर्नुपर्छ,’ संचारकर्मीसँग कुराकानी गर्दै उनले भने- ‘‘हाम्रो आफ्नै कार्यविधि छ, हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सिसिटिभि फुटेज राख्नेकुरा भनिहाल्छ, त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ, यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन, कसैले सामान्य मानविय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन, यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन, यस्तो गर्यौं भने अत्यन्त यसको एउटा नजिर बस्छ, र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ, वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हीतमा छ, तत्काल उहाँले राजीनामा दिने।’
यता यस विषयमा टिप्पणी गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले दोहोरो अपराध गरेको बताएका छन् । बजेट निर्माणका बेला बाहिरिया मान्छे लगाएर एउटा अपराध गरेका अर्थमन्त्रीले सो बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्को अपराध गरेको ज्ञवालीको तर्क छ । संसद बैठकपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । उनले अर्थ मन्त्रालयले सो घटनामा गम्भीर घोटाला गरेको तथ्य मन्त्रालय स्वयमले पुष्टी गरेको जिकिरसमेत गरे ।
‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो । यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धी प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो’ संचारकर्मीसँग कुराकानी गर्दै उनले भने ।
यता लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले गम्भीर भुल गरेको प्रतिक्रिया दिएका छन् । बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा सिसिटिभी फुटेज डिलिट भयो भनेर शर्माले गम्भीर भुल गरेको बताउंदै कर्णले सो घटनाको सम्बन्धमा देश र जनताका लागि पनि यथार्थ कुरा बाहिर ल्याउनुपर्नेतर्फ जोड दिए ।
‘बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेशगरे भन्ने प्रश्न उठिसकेपछि सरकारले यो कुरामा म निर्देश छु भन्ने प्रमाणित गर्नका लागि पनि सिसीटिभी राख्नु पर्ने हो । त्यो डिलिट गर्ने होइन । डिलिट गर्दाखेरी के देखिन्छ भने यस विषयमा त सरकार सबुत प्रमाण मेटाउन खोज्यो । सबुत प्रमाण मेटाएर कोही व्यक्ति निर्दोष हुन सक्दैन । र, यो गम्भिर अपराध हो । यस विषयमा संसदमा पटकपटक कुरा उठेको छ । सरकारले यसलाई वास्ता गरेको छैन । यसमा सरकारले तुरुन्त अगाडि बढनु पर्दछ ।’ सांसद कर्णले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्