काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल निमग (आईओसी)लाई गत साउन महिनासम्म २३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको तथ्य बाहिर आएको छ । इन्धन खरिद गरेबापतको पैसा तिर्न नसक्दा नेपाल आयल निगमले गत जेठदेखि आईओसीलाई ब्याज तिरिरहेको छ ।
नेपाल आयल निगमले आईओसीलाई हाल ७.०१ प्रतिशत ब्याज तिरिरहेको छ । आईओसी र नेपाल आयल निगमबीच भएको सम्झौता अनुसार निगमले तोकिएको समयमा रकम तिर्न नसके त्यसको ब्याज तिर्नुपर्ने उल्लेख गरिएको छ । आईओसीले एसबीआई बैंकबाट कर्जा लिँदा लाग्ने ब्याजदर बराबर नै निगमले आईओसीलाई ब्याज तिरिरहेको हो । सोही अनुसार हाल नेपाल आयल निगमले आईओसीलाई दैनिक ४४ लाख १७ हजार रुपैयाँ ब्याज तिरिरहेको छ ।
जेठ मसान्तमा निगमले आईओसीलाई २२ अर्ब रुपैयाँ तिर्न बाँकी थियो । असार मसान्तमा सो रकम ३२ अर्ब पुगेको थियो । जसले गर्दा असारको अन्तिम दुई साता र साउनको पहिलो सातामा निगमले दैनिक करिब ६० लाख रुपैयाँसम्म ब्याज तिर्नु परेको थियो । निगमले आईओसीलाई ब्याजबापत तिर्नु पर्ने रकम ३ महिना हुँदासमेत भुक्तानी नगरेको खुलासा भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्