×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री आरोग्य मोटर्सले एरोमा डर्ट बाईक सार्वजनिक गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

श्री आरोग्य मोटर्सले एरोमा डर्ट बाईक सार्वजनिक गर्ने

Artha Sarokar

१२ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विगत ५ वर्षदेखि विभिन्न सवारीसाधन आयात गरी बिक्री तथा बिक्रीपछिको सेवा दिँदै आइरहेको श्री आरोग्य मोटर्सले निकट भविष्यमा २०० सीसी क्षमताको डर्ट बाइक बजारमा सार्वजनिक गर्ने भएको छ ।

नेपालको भौगोलिक अवस्था हेर्दा अधिकांश भूभाग पहाडी हुनुका साथसाथै सडकको विकासको दृष्टिले हेर्दा पनि पर्याप्त विकास नभइसकेको अवस्थामा डर्ट बाइक अति उपयुक्त रहने कम्पनीले जनाएको छ । चीनमा उत्पादन गरेर नेपाली ब्रान्ड एरोमाको नाममा तीन पांग्रे सवारीसाधन आयात गर्दै आइरहेकोमा दुईपांग्रे सवारीसाधन पनि एरोमा नै ब्रान्ड नाम राखेर आयात तथा बिक्री वितरणको व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।

नेपालका अधिकांश सडक कच्ची, अर्धकच्ची तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाइकको ग्राउन्ड क्लियरेन्स अधिक हुनुपर्ने वाध्यताले गर्दा यस बाइकको ग्राउन्ड क्लियरेन्स २८० एमएम रहेको छ । त्यस्ता सडकहरुमा उकालो ओरालो बढी हुने हुनाले यो बाइक २०० सीसी क्षमताको रहेको छ । जसका कारण भइपरि आउने समस्याको चिन्ता नहुने किसिमको बाइकलाई बजारमा सार्वजनिक गर्न लागेको कम्पनीले जनाएको छ ।

एअर कुल्डसहित सिंगल सिलिन्डरको इन्जिन रहेको यो बाइकले ८६०० आरपीएममा १४.८ एचपी पावर सिर्जना गर्छ भने ६५०० आरपीएममा १४.९ एनएम टर्क सिर्जना गर्दछ । नेट तौल ११५ किलोग्राम रहेको यो बाइकले एक लिटर पेट्रोलमा ४० किलोमिटर भन्दा बढीको माइलेज प्रदान गर्दछ । पहिलो चरणमा एरोमा डर्ट बाइकको १ मोडेल र २ रङमा बजारमा उपलब्ध हुनेछन् ।

हाइड्रोलिक सस्पेन्सन सहितको आरामदायक यो बाईकमा १७ इन्चको स्पोक ह्विल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ । एरोमा बाइकलाई यसै वर्षको भदौ मसान्तभित्रबाट नै बिक्रीका लागि बजारमा ल्याउने प्रयास भइरहेको कम्पनीले जनाएको छ । ‘त्यसका लागि हाल हामीसँग जोडिएका डिलर नेटवर्क र हाम्रा शाखा कार्यालय तथा थप जोडिने डिलरहरुबाट बिक्रिका लागि व्यवस्था मिलाइनेछ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कम्पनीका हालसम्म दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न सहर तथा बजारमा हाम्रो डिलर तथा शाखा कार्यालयहरु छन्। अन्य सहरमा नयाँ डिलर नियुक्तिको प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ। निकट भविष्यमा काठमाण्डौ उपत्यकालगायत नेपालका सातैवटा प्रदेशमा डिलरहरु विस्तारको तयारी कम्पनी रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी