Skip to content
LAXMI SUNRISE BANK

अर्थ सचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा गोपनीयताको शपथ

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालक समितिको सदस्यमा अर्थ सचिव कृष्णहरि पुष्करले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अर्थसचिव मधुकुमार मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि पुष्करले अर्थ सचिवको जिम्मेवारी पाएका हुन्।

सचिव पुष्करले बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ लिएका हुन् । राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा अर्थसचिव रहने प्रावधान रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK