×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्स्बीच भुक्तानी सेवा सम्बन्धि सम्झौता

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् बैंकका कार्डबाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् । बैंकका कार्डबाहकहरुले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्ने बैंकले जनाएको छ ।

भुक्तानी सेवाहरुमा जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डबाहक महानुभावहरुले मोको मार्फत स्क्यान गरी १५०० भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ ।

साथै, बैंकका कार्डबाहकहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् । यस सेवाको प्रयोग गर्न ग्राहकहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: