काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । काभ्रेपलान्चोक जिल्ला साबिक खाहरेपाँगु वडा न.५ घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालि गठ्ठाघर बस्ने ४२ वर्षिय गोर्खमान तामाङ सो कसुरमा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३ दिन कैद, ६ लाख १९ हजार ७ सय ५० जरिवाना र २४ हजार क्षतिपुर्ती सुनाएको थियो । उनलाई जावलाखेल ललतिपुरबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/१६ गते भक्तपुर, मध्यपुर थिमी नगरपालिका गठ्ठाघरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।