×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ, ५ दिन कैद र २ लाख ५९ हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ, ५ दिन कैद र २ लाख ५९ हजार जरिवाना

Artha Sarokar

८ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नं.६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १० बुद्धनगर बस्ने २८ वर्षिय सन्तोष सापकोटा सो कसुरमा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र २ लाख ५९ हजार जरिवाना सुनाएको थियो । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले नयाँ बानेश्वर काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भदौ ८ गते बुधबार ललितपुर जिल्ला अदालत लगनखेलमा पठाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी