×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ, २४ दिन कैद र १ करोड १९ लाख ४ हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ, २४ दिन कैद र १ करोड १९ लाख ४ हजार जरिवाना

Artha Sarokar

८ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । पूर्वी रुकुम जिल्ला सिस्ने गाउँपालिका वडा नं.५ स्थायी बतन भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १३ बाफल बस्ने ३१ वर्षिय अर्जुन बुढाथोकी सो कसुरमा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम २४ दिन कैद र १ करोड १९ लाख ४ हजार जरिवाना सुनाएको थियो । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले भदौ ७ काठमाडौं सुकेधाराबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी