×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अबैध रुपमा भन्सार छली ल्याएको १२ थान मोबाइल बरामद

GLOBAL IME BANK
SHREE KESH

अबैध रुपमा भन्सार छली ल्याएको १२ थान मोबाइल बरामद

२० श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मोडेलका १२ थान मोबाइलसहित भारत पंजाब स्थित जलांदर घर भएका ३५ वर्षीय सन्दिप अहुजालाई पक्राउ गरेको हो ।

उनलाई गौशाला स्थित होटल कल्चरबाट पक्राउ गरिएको हो । उनि बस्दै आएको होटलको कोठा नं.२०३ को खानतलाशी गर्दा विभिन्न मोडलका १२ थान मोबाइल भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अहुजालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: