×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने

Artha Sarokar

२० श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इ-कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्रा.लि. बिच ‘कल सेन्टर पार्टनरसिप’ को साझेदारी भएको छ । जस अन्तर्गत बिजबजारले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि भक्सक्रोको ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गर्ने भएको हो । ६ सयभन्दा बढी ग्राहक सेवा प्रतिनिधि र विक्रेतालाई सेवा दिई १५० प्रतिशतभन्दा बढी उत्पादकत्व बढाएको भक्सक्रो नेपालको पहिलो कलसेन्टर टेक्नोलोजी प्रवर्तक कम्पनी हो ।

बिजबजारले नेपालको हरेक कुनाबाट स्थानीय उत्पादकहरूलाई प्रवर्धन गर्नुका साथै ग्रहकलाई भरपर्दो सेवा प्रदान गरिरहेको दाबी गरेको छ । यसले स्थानीय रोजगारी सृजना र नेपालको आर्थिक वृद्धिमा योगदान पुर्‍याउनुका साथै उपभोक्ता हित र सेवा व्यापार उद्योगलाई डिजिटलाइज गर्नमा केन्द्रित रहेको बिजबजारले जनाएको छ ।

पठाओ, एमआई नेपाल, फुडमाण्डु, टिभिएस, फोनपे, बुद्ध एयर, उपासिटी काग्रो, नर्भिक हस्पिटल, आईमार्क डिजिटल, इबिमा, निमा एकेडेमी, टिडिओ नेपाल, साथीमार्ट लगायत ७० वटाभन्दा बढी संस्थाहरूले ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गरिरहेका छन् । भक्सक्रोले एनजीओ, आईएनजीओ, इकमर्स, राइड हाइलिङ, डेलिभरी एण्ड लजिस्टिक, हेल्थकेयर, फिन्टेक लगायत १० वटा विभिन्न इन्डस्ट्रिहरूमा आफ्नो छाप छोड्न सफल भएको कम्पनीको दावी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी